शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साझा पार्टी उत्कृष्ट विकल्प : रवीन्द्र मिश्र

आइतबार, ०१ मङ्सिर २०७६, २३ : २३
आइतबार, ०१ मङ्सिर २०७६

कास्की । कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा साझा पार्टीले पनि आफ्नो पक्षमा जनमत पार्न चुनावी अभियानलाई तीव्रता दिएको छ । साझा पार्टीका उम्मेदवार रजनी केसीलाई भोट माग्न पार्टीका केन्द्रीय संयोजक  रवीन्द्र मिश्र पनि मतदाता भेटघाट कार्यक्रममा व्यस्त भएका छन्।

मतदाता भेट्न आज उम्मेदवार केसीसहित पार्टी संयोजक मिश्र  पोखराका विभिन्न टोलका मतदाता माझ पुगेका हुन् । घरदैलो पश्चातको कोणसभामा मिश्रले देशले विकल्पको खोजी गरिरहेको र साझा पार्टी नै उत्कृष्ट विकल्प भएको बताए । अन्य पार्टीसँग जनता निराश भएको भन्दै यसपालि जनताले साझा पार्टी रोज्ने उनको दाबी थियो।

उम्मेदवार रजनी केसीले देश रुपान्तरणका लागि आफू राजनीतिमा आएको बताए । उनले वर्तमान राजनीतिक परिभाषालाई बदल्ने स्पष्ट पारे । साझा पार्टीले आइतबार पोखरा–२१ को कृष्ति र निर्मलपोखरीमा घरदैलो कार्यक्रम गरेको हो । सोमबार निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा–१६ मा घरदैलो कार्यक्रम गरिने पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप