कविता : लुँडो आधुनिक खेल
शनिबार, २१ मङ्सिर २०७६, १० : ५५
-सुवास चौँलागाईँ
चार युवक
समयको पर्वाह नभइन्जेल
लुँडो भनिने आधुनिक खेल
खेलिरहेका थिए
एउटालाई चौका चाहिएको
अर्कोलाई एक अङ्क
तेस्रोलाई भने छ अङ्क
सबैलाई अङ्क ल्याएर
अघि बढ्नु रहेछ
खेलमा
तर यो जीवन रूपी रेलमा
यी सबै थाकेका रहेछन्
पढाइ लेखाइबाट भागेका रहेछन्
अङ्कको जादु देखिने खेल खेल्न
समयसँग लुकामारी गरिरहेका रहेछन्
तेसैले प्यारो साथी समय
यी खेलाडीलाई खाडी नपठाइदेउ
यिनीहरुको खेल छिट्टै सकिन्छ
माहाभारतको युद्ध त अठार दिन चलेको
यी खेलाडी भिड्न थालेको चार घण्टा त भयो
आशा गरौँ यो माहायुद्ध पछि
धेरै चिज बदलियोस्
यी खेलाडीहरुलाई
गृह प्रवेश गर्दा
पुष्प गुच्छले स्वागत गरियोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार