बाबुराम र अशोकलाई प्रचण्डको आग्रह : निरीह भएर बस्नुभन्दा नेकपामा आउनुस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई पार्टीमा निरिह भएर बस्नभन्दा नेकपामा मिल्न आउन आग्रह गरेका छन् ।
बुधबार आफ्नै निवास खुमलटारमा समाजवादी पार्टीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष दाहालले अप्ठेरोस्थितिमा निरिह भएर बस्नुभन्दा नेकपमा मिल्न आउन आग्रह गरे ।
उनले समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई समेत धेरै झमेला गर्नुभन्दा आफुहरुसँगै मिल्न आउन आग्रह गरे । उनले भने, ‘रामचन्द्रजीले भनेको जस्तै त्यहाँ रहेका साथीहरु आशोक राई, बाबुराम भट्टराई त्यहाँ निरिह भएर बस्न परेको अवस्था छ, अप्ठ्यारो स्थितिमा हुनुहुन्छ भनेर उहाँले भन्नुभयो यदि उहाँले भनेको सत्य नै होला मलाई सबै थाहा त छैन ती साथीहरु र उपेन्द्र जी पनि अब धेरै झमेला गर्नुभन्दा यही मिल्नै आए बरु राम्रो हुन्छ भनेर उहाँहरुलाई पनि त्यो भन्न चाहन्छु ।’
अध्यक्ष प्रचण्डले देशलाई सबै मिलेर स्थिरता र समृद्धि दिनुपर्ने र जनतालाई विकासको नयाँ युगतिर लैजान अव अलग अलग चुलो चौका लगाएर नहुने समेत बताए ।
कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले देशको स्वतन्त्रता जोगाउन, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न, सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणको निम्ती समाजवादको दिशामा मुलुकलाई लैजान नेकपाले मात्रै सक्ने बताउँदै पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरे । उनले अन्य पार्टीहरु नामका निम्ती मात्र खडा गरिएका पार्टी मात्र भएको समेत बताए ।
अध्यक्ष प्रचण्डले विगत केही महिना यता विभिन्न पार्टीबाट नेकपामा प्रवेश गर्ने कार्यकर्ताहरुलाई धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय रहेपनि आफ्नै निवासमा कार्यक्रम गरी पार्टी प्रवेश गराउँदै आउनुभएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री