भ्रमणका लागि नेपाल सुरक्षित छ, कोरोनाको संक्रमण छैनः पर्यटनमन्त्री (भिडियो)
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले नेपाल कोरोना भाइरसमुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन् ।
चीनबाट उद्धार गरिएको १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन् ।
आजका मितिसम्म नेपालमा एक जनापनि कोरोना संक्रमित नरहेको उल्लेख गर्दै भट्टराईले विमानस्थल लगायत अन्य नाकाहरुमा उच्च सतर्कता अपनाइएको बताए ।
नेपाल कोरोनामुक्त घोषणाले अहिले नै चिनियाँ पर्यटक नेपाल भित्र्याउने योजना नरहेको स्पष्ट पारे ।
उनले चीनले आफुलाई कोरोनाबाट सम्पूर्ण रुपमा माथि उठेको घोषणा गरेपछि बाँध फुटेजस्तो बाहिर निस्किने र त्यो बेलाको फाइदा नेपालले लिनुपर्ने बताए ।
पर्यटन बजार कमजोर हुँदा सरकार र नीजि क्षेत्र थला पर्ने भएकाले त्यसबाट जोगिन सम्पूर्ण रुपमा ध्यान दिँदै बैकल्पिक बजारमा जानुपर्ने बताए ।
चीनबाट पर्यटक नआउँदा भएको घाटालाई बाह्य मुलुकबाट पूर्ति गर्नुपर्ने उनले बताए ।
चीनबाट पर्यटक नआउने भएपछि विभिन्न १२ वटा डेस्क स्थापना गरी युरोप, अमेरिका, मध्य पूर्व लगायतका देशमा परिचालन गरिने उनले बताए ।
मन्त्री भट्टराईले छिमेकी मुलुक ठूलो प्रकोपको सामना गरिरहेको अवस्थामा जिस्क्याउने, अनर्गल प्रचार गर्ने, कमजोर बनाउने हिसाबले दाउपेच गर्ने बेला अहिले नभएको पनि बताए । नेपाल सरकार र नेपाली जनताको तर्फबाट चीनलाई ऐक्यवद्धता जनाउँदै भट्टराईले आफूले सक्ने सहयोग गर्न तयार हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार