मुख्यमन्त्री पोखरेल र नगर प्रमुखहरुबीच कोरोना रोकथामबारे भिडियो संवाद
बुटवल । विश्वभर कोरोनाको त्रास फैलिरहेका बेला प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नगर प्रमुखबीच बुधबार साँझ कोरोना रोकथाम र नियन्त्रणका बिषयमा भिडियो संवाद भएको छ ।
संवादमा अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको हो । स्थानीय तह र प्रदेशबीचको कोरोना सतर्कताको बिषयमा जानकारी आदान प्रदानका साथै सहयोगका लागि मुख्यमन्त्री पोखरेलले स्थानीय तहका प्रमुहरुसँग नियमित रुपमा भिडियो संवाद गर्दै आएका छन् । आज पनि सोही विषयमा छलफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
भिडियो संवादमा तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही, रेसुङगा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, रोल्पा नगरपालिका प्रमुख पूर्ण केसी, गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादव र रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता सहभागी थिए ।
छलफलमा नगरपालिका प्रमुखहरुले स्थानीय तहले अहिलेसम्म गरेका कामबारे जानकारी गराएका छन् ।
नगरप्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन गर्ने, क्वारेन्टाइन निर्माणको अवस्था र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराए ।
मुख्यमन्त्रीले महामारी रोकथामका लागि स्थानीय तहको सक्रियता प्रशंसनीय रहेको बताउँदै स्थानीयस्तरमा पनि राहत कोष बनाउन प्रमुखहरुलाई आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।
प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरी उपचारको व्यवस्था गरेकोले कोरोनाको कोही शंकास्पद बिरामी फेला पर्ने बित्तिकै अस्पताल पठाउन मुख्यमन्त्रीले आग्रह गरेका छन् ।
मुख्यमन्त्रीले जिल्ला अस्पताल र चार वटा आइसोलेसन अस्पतालमा काठमाडौबाट प्राप्त स्वास्थ्य सामग्री पठाइएको नगरप्रमुखहरुलाई जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा