एम्बुलेन्समा कर्मचारी, दूध बोक्ने गाडीमा मदिरा
मङ्गलबार, २५ चैत २०७६, १४ : १९
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा निजी अस्पतालको कर्मचारीहरु ओसार्न एम्बुलेन्स प्रयोग हुने गरेपछि प्रहरीले सक्रियता बढाएको हो ।
प्रहरीले ना४च १७७७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएर अबदेखि यस्तो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी प्रहरीले दुग्द्य सामग्री बोक्ने भनेर लेखिएको अटोमा मदिरा बोकेको पाइएपछि पक्राउ गरेको छ । प्रहरीले मकवानपुरगढी गाउँपालिका–५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दुध बोक्ने अटोलाई मदिरासहित नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त अटोमा रहेको करिब १४० लिटर मदिरा जफत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर