बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : कोरोना आशंकामा २२ सय ५९ जनाको आरडीटी परिक्षण, २२५३ को नेगेटिभ, ६ जना पोजेटिभ

आइतबार, ०७ वैशाख २०७७, २० : ४०
आइतबार, ०७ वैशाख २०७७

जनकपुर । प्रदेश नम्बर २ को ८ वटै जिल्लामा -यापिड टेष्ट किट (आरडीटी) को माध्यमबाट आइतबारसम्म २ हजार २ सय ५९ जनाको परिक्षण गरिएको छ । त्यसमध्ये ६ जनाको रिजल्ट पोजेटिभ आएको छ भने २ हजार २ सय ५३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेष्ट अन्तर्गत सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ३९, अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८, कञ्चनपुर नगरपालिकामा ३२, हनुमाननगर गाउँपालिकामा २१, महादेवा गाउँपालिकामा ११, बोदेवरसाइन नगरपालिकामा १३, बलान बिहुल गाउँपालिकामा २०, तिलाठी कोइलाडी गाउँपालिकामा १२, खडग नगरपालिकामा ३९, राजगढ गाउँपालिकामा २, डाक्नेश्वरी गाउँपालिकामा २,छिन्नमस्ता गाउँपालिकामा २०, शम्भुनाथ नगरपालिकामा २, सुरुङ्गा नगरपालिकामा २, तिरहुत गाउँपालिकामा १२, रुपनी गाउँपालिकामा ९ र सप्तकोशी नगरपालिकामा १४ गरि जम्मा २ सय ६८ जनाको आरडीटी टेस्ट गरिएको छ ।

त्यस्तै सिरहाको सिरहा अस्पतालमा १४, नवराजपुर गाउँपालिकामा ७, गोलबजार नगरपालिकामा ४३, कर्जन्हा नगरपालिकामा ७, नरहा गाउँपालिकामा २, अर्नामा गाउँपालिकामा १७, मिर्चैया नगरपालिकामा ३,लहान नगरपालिकामा १०, सुखीपुर नगरपालिकामा ७,भगवानपुर गाउँपालिकामा १, औरही गाउँपालिकामा ३ र बरियारपट्टी गाउँपालिकामा ४ गरि जम्मा १ सय १८ जनाको आरडीटी टेस्ट गरिएको हो ।

धनुषाको १८ वटा स्थानीय तह मध्ये गणेशमान चारनाथ नगरपालिकामा ९, मिथिला नगरपालिकामा १३,सबैला नगरपालिकामा १५, जनकनन्दनी गाउँपालिकामा ६, औरही गाउँपालिकामा १, धनुषाधाम नगरपालिकामा ८, विदेह नगरपालिकामा ६, धनौजी गाउँपालिकामा ३ र कमला नगरपालिकामा ४ गरि जम्मा ६५ जनाको आरडीटी टेस्ट गरिएको छ भने महोत्तरीको औरही नगरपालिकामा १३, बलवा नगरपालिकामा १५, गौशाला नगरपालिकामा ८, सोनमा गाउँपालिकामा १७, रामगोपालपुर नगरपालिकामा ९, बर्दिबास नगरपालिकामा ५ र महोत्तरी गाउँपालिकामा २ गरि जम्मा ६९ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ५०, हरिपुर नगरपालिकामा २, कोडैना नगरपालिकामा ५, लालबन्दी नगरपालिकामा ३, रामनगर गाउँपालिकामा ४, चक्रघट्टा गाउँपालिकामा २, धनकौल गाउँपालिकामा २ र हरिवन नगरपालिकामा २९ गरि कुल ९७ जनाको र्यापिड टेस्ट किटमार्फत परिक्षण गरिएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकामा ३०, कटहरिया नगरपालिकामा ३३, इशनाथ नगरपालिकामा १ सय ३५, परवाहा नगरपालिकामा ३०, गरुडा नगरपालिकामा २५, बौद्धिमाई नगरपालिकामा २२, फतवा विजयपुर नगरपालिकामा ४,देवाही गेनाही नगरपालिकामा १६ र दुर्गा भगवत्ती गाउँपालिकामा ५ गरि जम्मा ३ सय जनाका ¥यापिड टेस्ट किट मार्फत परिक्षण गरिएको हो ।

त्यस्तै बाराको आदर्श कोतवाल गाउँपालिकामा २,सुवर्ण गाउँपालिकामा १३,सिम्रौनगढ नगरपालिकामा ५, महागढीमाई नगरपालिकामा ८, पचरौता नगरपालिकामा ७, कलैया उपमहानगरपालिकामा २७, फेटा गाउँपालिकामा ५, जितपुर सिमरा उपमहानगरपालिकामा १०, निजगढ नगरपालिकामा १०, बारागढी नगरपालिकामा १ र कोल्हवी नगरपालिकामा ५ गरि ४९ जनाको आरडीटी परिक्षण सम्पन्न भएको सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा.रामप्रसाद घिमिरेले बताए ।

पर्साको छिपहरमाई गाउँपालिकामा १२, पकहा मैनपुर गाउँपालिकामा ५, कालिकामाई गाउँपालिकामा ९,पटेर्वा सुगौली गाउँपालिकामा १२,पर्सागढी नगरपालिकामा १२,धोबीनि गाउँपालिकामा ७, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा ८३, विन्दवासीनी गाउँपालिकामा २ र वीरगञ्ज महानगरपालिकामा १ हजार १ सय ७ गरि जम्मा १ हजार २ सय ४९ जनाको आरडीटी टेष्ट गरिएको उनले बताए ।

डा.घिमिरेल ¥यापिड टेष्टमा कोरोनाले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा मात्र परीक्षण हुने भएकाले उनीहरु सबैको पीसीआर परीक्षण समेत गरिने बताए । ¥यापिड टेष्ट किट (आरडीटी) परीक्षणका लागि प्रदेशका ८ वटै जिल्लामा विज्ञसहितको ४ वटा टोली खटाइएको छ ।

२÷२ जिल्लामा गरि १÷१ वटा टोलीलाई खटाइएको हो । टोलीमा मेडिकल डा.जनस्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनको प्रतिनिधि र ल्याब टेक्निसियनहरु रहेको सचिव घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप