मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कुटोले हिर्काएर युवकको हत्या

आइतबार, १८ भदौ २०७४, ०८ : ३७
आइतबार, १८ भदौ २०७४

पाल्पा - रामपुर नगरपालिका–४ देवीस्थानमा शनिबार साँझ एक युवकको हत्या भएको छ । 

हत्या हुनेमा रामपुर चिहानडाँडाका २८ वर्षीय ओमबहादुर खाँण रहेका छन् । 

खाना खाएर गल्लीमा बसिरहेको अवस्थामा एक्कासि उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । 

हत्यापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरी अस्पताल पु¥याए पनि उनको बाटैमा मृत्यु भएको थियो । 

कृष्णकमल चौधरीले कुटोले हिर्काएर उनको हत्या गरेको बुझिएको छ । 

पाल्पाका प्रहरी उपरीक्षक डिल्लीरमण पन्तले अभियुक्तको खोजी भइरहेको बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप