आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गोङ्गबुको होटलमा साथीसँग गएकी युवतीको मृत्यु, युवक पक्राउ

सोमबार, २४ वैशाख २०८१, १३ : ३४
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित होटलमा साथीसँग गएकी युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका–२ घर भएर बाँसबारी बस्दै आएकी कल्पना भण्डारी छिन् । ३१ वर्षीया भण्डारी  गोङ्गबुस्थित स्टार जोन होटलको शौचालयमा झुन्डिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

भण्डारीलाई साथमा लिएर होटलमा गएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१५ घर भएका अनित कार्कीलाई पक्राउ गरिएको ती अधिकृतले बताए ।

शनिवार युवती झुन्डिएपछि युवक र होटल संचालकले पासो काटेर उनलाई अस्पताल लगेका थिए । त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप