गोङ्गबुको होटलमा साथीसँग गएकी युवतीको मृत्यु, युवक पक्राउ
सोमबार, २४ वैशाख २०८१, १३ : ३४
काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित होटलमा साथीसँग गएकी युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका–२ घर भएर बाँसबारी बस्दै आएकी कल्पना भण्डारी छिन् । ३१ वर्षीया भण्डारी गोङ्गबुस्थित स्टार जोन होटलको शौचालयमा झुन्डिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
भण्डारीलाई साथमा लिएर होटलमा गएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१५ घर भएका अनित कार्कीलाई पक्राउ गरिएको ती अधिकृतले बताए ।
शनिवार युवती झुन्डिएपछि युवक र होटल संचालकले पासो काटेर उनलाई अस्पताल लगेका थिए । त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण