आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ

सोमबार, २४ वैशाख २०८१, २२ : ४२
सोमबार, २४ वैशाख २०८१

बुटवल । बुटवलमा  अनलाइन सट्टेबाजीमा संलग्न भएको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पाण्डेले बुटवलको होराइजन चोकबाट १३ जनालाई पक्राउ गरिएको बताए ।

उनीहरुको  साथबाट १३ थान कम्प्युटर तथा ३९ थान मोबाइल समेत बरामद गरिएको छ। अनलाइन गेम खेलाएर सट्टेबाजी गरेको आशंकामा प्रहरीले छापा मारेर १३ जना भारतीयलाई पक्राउ गरेको हो ।

पछिल्लो समय बुटवलको कालिकानगर होराइजन चोकस्थित एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेवाजी गराउने गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । 

उनीहरुले के कसरी कारोबार तथा गतिविधि सञ्चालन गरेको वारेमा थप अनुसन्धान जारी रहेको डीएसपी पण्डितले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप