गण्डकी प्रदेश
गण्डकीमा एमालेले पुरानै अनुहार दोहोर्याउने
सोमबार, २४ वैशाख २०८१, १५ : ३०

पोखरा । गण्डकीमा २ जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट २ जना मन्त्री थप्न लागेका हुन् ।
उनले पुरानै मन्त्रीलाई निरन्तरता दिने बुझिएको छ । वेदबहादुर गुरुङ र सीता सुन्दासलाई दोहोर्याउन लागिएको एमाले स्रोतले जनाएको छ ।
बेद उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सीता सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका छन् । दुबै जना अधिकारीनिकट मानिन्छन् । उनीहरूको शपथ साढे ४ बजे हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी