आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

जसपा विभाजनको असर प्रदेशमा : अहिर फेरि सरकारमा

सोमबार, २४ वैशाख २०८१, १२ : ५७
सोमबार, २४ वैशाख २०८१

बुटवल । लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको जनता समाजवादी पार्टी पुनः सरकारमा सहभागी भएको छ। वैशाख ८ गते  राजीनामा दिएर घरमै बसेका  जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरले लुम्बिनी प्रदेश सरकारको मन्त्रीको रूपमा आज कार्यभार सम्हालेका हुन्।

पार्टी विभाजनपछि अशोक राईको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुने गरी अहिर लुम्बिनी सरकारमा सहभागी भएका छन्। सहमति कार्यान्वयन नभएको भन्दै वैशाख ८ गते अहिरले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। तर, उनको राजीनामा मुख्यमन्त्री जोखबहादुर  महाराले स्वीकृत गरेका थिएनन् ।

 अहिरले सोमबार कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पदभार ग्रहण गर्दै जिम्मेवारी लिएका मन्त्रीका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।   लुम्बिनी प्रदेशमा नयाँ समीकरणको आधारमा सरकार बनाउँदा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भएको थियो। तर, सो सहमति कार्यान्वयन नभएको भन्दै पार्टीको निर्देशनमा अहिरले वैशाख ८ गते राजीनामा दिएका थिए।

लुम्बिनीमा तीन जना प्रदेशसभा सदस्य रहेको जसपाले २ वटा मन्त्रालयको दाबी गर्दै आएको थियो ।  जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट फर्किएपछि  अन्य सांसदहरूका बारेमा निर्णय गर्ने बताए । केन्द्रीय राजनीतिमा सो पार्टीभित्र विभाजन देखिएपछि लुम्बिनी प्रदेशमा समेत त्यसको प्रभाव देखिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप