माथिको आदेश मात्रै पालना गर्ने हो भने नेताहरू डाइनोसर हुन्छन्: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले काठमाडौंमा हाछ्युँ आउँदा प्रदेशका नेताहरू अस्पताल भर्ना हुने गरेको व्यङ्ग्य गरेका छन् । विराटनगरमा सोमबार आयोजित पत्रकारिता दिवस तथा पत्रकार सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले माथिको आदेश मात्रै पालना गर्ने हो भने नेताहरू डाइनोसर हुने दाबी गरे ।
‘यस्तो तरिका अपनाउने हो भने डाइनोसर जस्तो नाश भइन्छ,’ उनले भने, ‘सङ्घीयतालाई बलियो बनाउने हो भने आदेश र परमादेशलाई भन्दै आफ्नो विवेकका आधारमा अगाडि बढ्नुपर्छ ।’
उनले सहमतिको सरकार गठन गर्न पनि आफू तयार रहेको बताए । ‘मुख्यमन्त्री अहिले पनि तयार छ । आउनुहोस् म खुल्ला छु । प्रदेशको समृद्धि, विकास र जनताको चाहनामा परिवर्तन गर्ने कुरामा एकरूपता दिएर अगाडि बढौँ,’ उनले भने । उनले श्रमजीवी पत्रकारको क्षमता विकासका लागि प्रदेश सरकार लाग्ने बताए । उनले कोशी प्रदेश आमसञ्चार विधेयक पारित गर्न सरकार तयार रहेको उनले बताए ।
सो अवसरमा बोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले लोकतन्त्र र गणतन्त्र ल्याउन पत्रकारले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रमको अवसरमा अग्रज पत्रकारहरू मोरङका अनन्तराज न्यौपाने, उदयपुरका महेश्वर चाम्लिङ राई, धनकुटाका रमेशचन्द्र अधिकारी, झापाका भीम नेम्वाङ र सुनसरीका पिबी दियालीलाई जनही १ लाख रुपैयाँ सहित सम्मान गरिएको थियो ।
प्रत्येक वर्ष पत्रकारिता दिवसको अवसर पारेर प्रदेश सरकारले उक्त पुरस्कार अग्रज पत्रकारहरूलाई समर्पण गर्दै आएको छ । कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी पौडेल, पत्रकार महासङ्घ कोशी प्रदेशका कार्यबहाक अध्यक्ष लवदेव ढुंगानालगायत कर्मचारी तथा सञ्चारकर्मीहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण