गण्डकीमा फडिन्द्र देवकोटाले अस्वीकार गरे मन्त्री पद
पोखरा । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टी (नेसपा)का नेता फडिन्द्र देवकोटाले मन्त्री पद अस्वीकार गरेका छन् । सोमबार मुख्यमन्त्री खगराज अधिकारीले २ जना मन्त्री थपेका हुन् । आफ्ना विश्वासपात्र बेदबहादुर गुरुङ र सीता सुन्दास मन्त्री बन्दा माओवादीबाट मन्त्री थपिएनन् ।
माओवादी नेता हरिबहादुर चुमानले देवकोटालाई मन्त्री बन्न आग्रह गरेका थिए । उनको प्रस्ताव देवकोटाले अस्वीकार गरेका हुन् । ‘मन्त्री बन्नुस् भन्नुभएको थियो । मैले अहिले जान्नँ भनेँ,’ देवकोटा भन्छन्, ‘यदि मन्त्री बनेँ भने नेपाल समाजवादी पार्टीबाट बन्छु । माओवादीको कोटाबाट बन्दिनँ ।’
उनले नेसपाको केन्द्रीय बैठकपछि निर्णयमा पुग्ने बताए । ‘बैठक २८ र २९ गते छ । त्यसपछि मात्रै अघि बढ्छु । मन्त्री बन्दा पनि नेसपाबाट बन्छु । अर्काको कोटामा जान्नँ,’ उनले भने, ‘क्लियर कुरा छ । पार्टीको बैठक पछि मात्रै जान्छु भनेको हो ।’
माओवादी दलका नेता हरिबहादुर चुमानले आन्तरिक विषय मिलाउनुपर्ने भएकोले मन्त्री सिफारिस नगरिएको बताए । ‘तत्काल काम गर्न अप्ठ्यारो छैन । गण्डकीमा लिडिङ पार्टी एमाले र माओवादी नै हो । मिलाएर जानुपर्छ,’ उनले भने, ‘हामी सल्लाह गरिरहेका छौँ । हामीले यति उति भनेर मागेका पनि छैनौँ । मन्त्री परिषद् विस्तारको लागि केही समय लाग्ला ।’ माओवादीले ३ मन्त्रालयमा दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गँगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)
-
सङ्घीयताको जग भनेकै कानुन हो : जम्कट्टेल
-
अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण