गण्डकी प्रदेश
गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ
सोमबार, २४ वैशाख २०८१, १७ : ०१
पोखरा । गण्डकी प्रदेश सरकारमा २ जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट २ जना मन्त्री थप गरेका हुन् ।
वेदबहादुर गुरुङ र सीता सुन्दासले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिए । गुरुङ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका छन् । दुवै जना अधिकारीनिकट मानिन्छन् ।
योसँगै गण्डकीको मन्त्रिपरिषद् ५ सदस्यीय भएको छ । यसअघि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अर्थ मन्त्री बनेका थिए भने स्वतन्त्र सांसद दीपक मनाङे भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण