केन्द्रीय संस्करण

ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

person explore access_timeजेठ १२, २०७७ chat_bubble_outline0

नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरूको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले नेपाल आयल निगमसँग माग राखेको छ । 

दुई महिना लामो बन्दाबन्दीमा पेट्रोलियम पदार्थको खपतमा कमी आएको भन्दै संस्थाले निगमसँग बैँकको किस्ता  भुक्तानी अवधि बढाउनका लागि आवश्यक पहल गर्न तथा  अन्य व्यवसाय सरह पम्प व्यवसायलाई पुनर्कर्जाको व्यवस्थाका लागि समेट्न आग्रह गरेको छ । 


एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानका अनुसार बन्दाबन्दीका कारण  पेट्रोलियम व्यवसायमा समेत प्रत्यक्ष प्रभाव परेको र  कर्मचारीलाई तलब भुक्तानीमा समस्या भएकाले कारोबार बन्द भएका अवधिमा कर्मचारीको तलव निगमका तर्फबाट भुक्तानी गर्ने लगायत सातबुँदे  माग राखिएको छ । एसोसिएसनमा आबद्ध एक हजार पाँच सय पम्पमा करीब पाँच हजार  कर्मचारी  छन् । एउटा पम्पमा पाँच देखि १० जना कर्मचारीले काम गर्दै आएका एशोसिएशनको तथ्यांकमा उल्लेख छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.