मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’

शुक्रबार, १४ वैशाख २०८१, १८ : ३२
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । आज शुक्रबारबाट फिल्म ‘बोक्सीको घर’ र ‘रुसलान’ प्रदर्शन आएका छन् । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएका यी दुई मध्य ‘बोक्सीको घर’ नेपाली हो भने ‘रुसलान’ हिन्दी फिल्म हो । यी दुवै फिल्म एक अर्काको प्रतिस्पर्धामा उत्रिएको हो । 

यद्यपी देशभरका सबै फिल्म हल यी दुवै फिल्म मात्र पाएको छैन । किनभने गत चैत्र ९ बाट प्रदर्शनमा आएका फिल्म ‘महाजात्रा’ र चैत्र ३० गते प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले पनि अझै धेरै स्टेशनमा कब्जा जमाइ राखेका छन् ।

‘बोक्सीको घर’ :
अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ सुलक्षण भारतीको लेखन निर्देशनमा तयार भएको हो । फिल्मका निर्माता बद्री अधिकारी रहेका छन् ।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि घुमेको फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय रहेको छ ।

फिल्ममा शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन छ भने टिफल्क फिल्मस्ले  देशभर वितरण गरेको हो । 

‘रुसलान’ :

बलिउड अभिनेता सलमान खानका ज्वाइँ आयुष शर्मा अभिनित एक्सन ड्रामा फिल्म हो ‘रुसलान’ । फिल्मका निर्माता केके राधामोहन हुन् । करण बुटानीको निर्देशन रहेको फिल्ममा सुश्री मिश्रा र गजपति बाबुको पनि मुख्य भूमिका छ ।

यसअघि ‘रुसलान’ नामबाट २००९मा फिल्म निर्माण भएको थियो । फिल्मको मुख्य भूमिकामा अभिनेता राजवीर शर्मा र अभिनेत्री मेघा चटर्जी रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप