शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के बाँधेकै अवस्थामा शव फेला परेको थियो ? के भन्छ जाजरकोट प्रहरी ?

बुधबार, १४ जेठ २०७७, २१ : ४४
बुधबार, १४ जेठ २०७७

पश्चिम रुकुम घटनामा बेपत्ता भएका एक युवाको शव बुधबार अपरान्ह भेरी नदीमा फेला परेको छ । बुधबार फेला परेको शव जाजरकोटमा १८ वर्षीय लोकेन्द्र सुनारको हो ।

सामाजिक सञ्जालतिर भाइरल बनेको तस्विर लोकेन्द्र सुनारको हो । जहाँ उनको शरीर डोरीले बाँधेको अवस्थामा भेटिएको छ । यही तस्विरलाई लिएर यतिबेला हत्या गरी बाँधेर भेरी नदीमा फलिएको भन्दै व्यापक आलोचना भइरहेको छ । तर के सुनारलाई बाँधेर नै नदीमा फलिएको हो त ?

जाजरकोट प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठ भने अहिले नै यसै भन्न सक्ने अवस्थामा नरहेको बताउँछन् । डिएसपी श्रेष्ठका अनुसार उक्त शव स्थानीयले निकालेका थिए । प्रहरी पुग्दा स्थानीयले शव नदीबाट निकालिसकेका थिए । तर युवकको हात बाँधिएको अवस्थामा भने थिएन ।

यद्यपि स्थानीयले भने हात बाँधिएको अवस्थामै फेला परेको दाबी गरेको डिएसपीको भनाई छ । उनले भने, ‘शवको उद्धार गर्ने काम स्थानीयले गरेका हुन् । प्रहरी पुग्दा हात बाँधिएको अवस्थामा छैन । तर उद्धार गर्नेले भने हात बाँधेको भनेका छन् । खासमा के हो हामी पनि त्यो बुझ्दैछौँ ।’

यद्यपि, प्रहरीले यसबारेमा पनि अनुसन्धान भइरहेको भन्दै हात नै बाँधिएको अवस्थामै भेटिएको हो वा उद्धार गर्दा बाँधेर बाहिर निकालेको हो बुझ्ने प्रक्रियामा रहेको बताएको छ ।

उनले भने, ‘शवको प्रकृति हेर्दा हातमा कहीँ पनि निलडाम देखिँदैन । यदी डोरीले बाँधेको हो भने हातमा निलडाम पनि देखिनुपर्ने हो । तर शवमा त्यस्तो केही देखिँदैन । हातमा वा शरीरमा लामो समय बाँधेको जस्तो केही पनि देखिएको छैन । तर घटनास्थलको प्रत्यक्षदर्शी, शवको मुचुल्का आदि हेरेर नै थप केही भन्न सकिन्छ । अहिले नै बाँधेको थियो वा थिएन भन्नु हतार मात्रै हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप