शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटबारे पूर्वअर्थमन्त्री डा. रामशरण महतको प्रतिक्रिया, ‘सरकारले बजेटको प्राथमिकता क्षेत्र छुट्याउन सकेन’

बिहीबार, १५ जेठ २०७७, २१ : २६
बिहीबार, १५ जेठ २०७७

पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले बजेट विनियोजन गर्दा प्राथमिकताका क्षेत्र छुट्याउन नसकेको प्रतिक्रिया दिएका छन् । 

रातोपाटीसँग कुरा गर्दै नेता महतले भने, ‘इच्छा आंकाक्षा र आश्वासन सहित बजेटमा यो गरिनेछ, यो बनाइनेछ, यो दिइनेछ भनिएको छ । यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा स्पष्टता छैन । बजेटमा नगर्ने भन्ने कुरा केही छैन, धेरै कुरा गर्ने उल्लेख छ । अहिलेको समयमा कुन कुन क्षेत्रमा प्राथमिकता दिने हो, त्यो स्पष्ट छैन । धेरैलाई प्राथमिकता दिँदा कार्यान्वयनमा समस्या हुन्छ ।’

उनले सरकारलाई पूँजीगत खर्च बढाउनुपर्छ भनेपनि पहिले भन्दा झन् थोरै कूल बजेटको २४ प्रतिशत मात्र देखिएको बताए । 

बजेट कार्यान्वयनका लागि वैदेशिक स्रोतबाट पैसा आउन सरकारको कार्यान्वयन क्षमता कमजोर रहेको बताए । 

उनले भने–‘सरकारको कार्यान्वयन क्षमता कमजोर छ । विगतमा पनि जति राजस्व उठाउने भनेको हो त्यो उठाउन सकेन । किनभने जति हामीले कार्यान्वयन गर्न सक्यौँ त्यही अनुसार वैदेशिक अनुदान आउने हो । जुन आयोजनामा सम्झौता भएको छ, त्यो आयोजना अघि बढेपछि उनीहरुले तिरिदिने हो । त्यो हुन नसकेपछि काम धेरै हुँदैन ।त्यस्तै आन्तरिक आम्दानी पनि ५ प्रतिशत जिडिपि भन्दा बढी राखेको छ त्यो पनि राम्रो हुँदैन । यसले ऋण धेरै बढाउन सक्छ ।’

उनले सांसद विकास कोषको रकम दिन आवश्यक नभएको बताउदै त्यसमा पुर्नविचार गर्नुपर्छ भनेपनि सरकारले अहिलेको अवस्थामा अवस्थामा आवश्यक नभएको विषयलाई बजेटमा समावेश गरेको उल्लेख गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप