कोरोना संक्रमणबाट पाकिस्तानी मन्त्रीको मृत्यु
मङ्गलबार, २० जेठ २०७७, २२ : ५६
एजेन्सी । पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको हो ।
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै आइसोलेसनमा बसेका थिए । घरमा स्वास्थ्यअवस्था जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको मंगलबार मृत्यु भएको बीबीसीले जनाएको छ ।
बलोच पाकिस्तान पिपुल्स पार्टी कराँचीका अध्यक्षको जिम्मेवारीमा समेत रहेका थिए । उनी सन् २०१६ मा विधानसभा सदस्यमा निर्वाचित भएका थिए । पाकिस्तानमा अहिलेसम्म ७२ हजार संक्रमित भएका छन् भने १५ सय ५३ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा
-
उद्योग र उद्यमशिलताको विकासविना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी
-
नयाँ भर्सनमा ‘जाउँ साइँली बेनी बजार’
-
नागदहमा मोटरेबल पुलको डीपीआर, नाम्दु–मार्बु–क्षेत्रपा सडक अधुरै
-
लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो : राष्ट्रपति
-
राप्रपा अध्यक्ष लिङदेनले गरे ८९ औँ पटक रक्तदान