शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ भर्सनमा ‘जाउँ साइँली बेनी बजार’

शनिबार, २२ वैशाख २०८१, ११ : १८
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । स्वर्गीय लोकगायक पदम बिष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत ‘जाउँ साइँली बेनी बजार’ पुनः रेकर्ड भएको छ । गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइली र गायिका भट्टराईको स्वरमा यो गीत पुनः रेकर्ड भएको हो ।

मौलिक झ्याउरे लोकदोहोरी शैलीमा तयार गीतकको भिडियो पनि बनेको छ । भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीको अभिनय छ ।  भिडियोका निर्देशन सुनिल विकले गरेका हुन् । रोशन विश्वकर्माको कोरियोग्राफी र करन चैसिरको छायाङ्कन  भिडियोमा छ । गीतको शब्द स्वर्गीय विष्ट र सपना रसाइलीले लेखेका हुन् । संगीत भने स्वर्गीय विष्टकै रहेको छ ।

पुराना गायक तथा संकलकहरुको सम्मानमा गीतलाई पुनः रेकर्ड गरिएको गायक रसाइलीले बताए । ‘पुराना सर्जकहरुको सिर्जनालाई संरक्षण र सम्बर्धन गर्नु आजको पुस्ताको दायित्व हो’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप