शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिए

बुधबार, १७ असार २०७७, ०९ : १५
बुधबार, १७ असार २०७७

गण्डकी प्रदेशमा बुधबार २८ नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको कुल संख्या ९९४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहूँमा १ जना गरि कुल २८ नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितमध्ये नवलपुरको बुलिङटारमा २ पुरुष, गैंडाकोट ८ पुरुष र २ महिला गरी १२ संक्रमित थपिएका छन् । यसैगरि, गोरखामा थपिएका संक्रमित शहिद लखनमा ३० वर्षीया महिला, बारपक सुलिकोटमा २ पुरुष गरी ३ जना । कास्कीको पोखरा महानगरपालिकामा १ पुरुष । स्याङ्जा वालिङमा एक पुरुष र एक महिला, पुतलीबजारमा एक पुरुष, भीरकोटमा ४ पुरुष एक महिला गरि ८ जना संक्रमित थपिएका छन् ।

बागलुङको काठेखोलामा एक महिला र बडिगाडमा २ महिला गरि ३ जना र तनहूँको शुक्लागण्डकीमा एक महिला संक्रमित थपिएका छन् ।

संक्रमित २८ को स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षय रोग केन्द्र पोखरामा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप