बीरगञ्जबाट ८ लाख सहित हुण्डी कारोवारी पक्राउ
बुधबार, ०१ वैशाख २०७८, ११ : ०४
काठमाडौं । पर्साको वीरगञ्जबाट एकजना हुण्डी कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । छप्कैया घर भएका श्रीभगवान प्रसाद कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।
बीरगञ्ज महानगरपालिका–६ स्थित बाबा होटल नजिकबाट प्रहरीले उनलाई पक्रेको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनको साथबाट ८ लाख स्रोत नखुलेको रकम बरामद गरेको छ । साइकलमा सवार कलवारले प्लाष्टिकको झोलामा लुकाएर सो रकम बोकेका थिए ।
बीरगञ्ज महानगरपालिका–३ छप्कैया घर भएका ४८ वर्षीय कलवारविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–०७३ विपरीतको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने