‘मेयर साइकल दौड’ प्रतियोगिता : वालिङका प्रमुख खाँड प्रथम
पोखरा । पोखरामा आयोजित मेयर साइकल दौड प्रतियोगिताको उपाधि वालिङ नगरका प्रमुख दिलिप विक्रम खाँडले जितेका छन् । नयाँ वर्षको अवसर पारेर पोखरा महानगरपालिकाले आयोजना गरेको प्रथम मेयर साइकल दौड प्रतियोगिताको उपाधि स्याङजाको वालिङ नगरपालिकाका प्रमुख खाँडले जितेका हुन् ।
पोखरा लेकसाइड स्थित फेवातालको किनार हल्लन चोकबाट सुरु भएको पाँच किलोमिटर दौड १५ मिनेट ३१ सेकेन्डमा पूरा गदै मेयर खाँडले १० तोला चाँदीको मेडल, सम्मानपत्र र दोसल्ला प्राप्त गरेका हुन् । प्रतियोगितामा दोश्रो स्थान हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाका प्रमुख विष्णुबहादुर लामाले प्राप्त गरेका छन् । उनले १५ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पूरा गदै सात तोलाको चाँदीको मेडल, प्रमाणपत्र र दोसल्ला प्राप गरेका हुन् ।
त्यस्तै प्रतियोगितामा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका प्रमुख करणबहादुर थापाले १६ मिनेट ४६ सेकेन्डमा निर्धारित दुरी पार गरी तेश्रो स्थान हासिल गदै पाँच तोलाको चाँदीको मेडल, प्रमाणपत्र र दोसल्ला जितेका छन् । पोखरा महानगरपालिकाले पहिलो पटक आयोजना गरेको मेयर साइकल दौड प्रतियोगितामा विभिन्न नगरपालिका र गाउँपालिकाबाट ९ जनाले प्रतियोगिताका रुपमा सहभागिता जनाएका थिए ।
नयाँ वर्षको अवसरमा स्थानीय सरकारका प्रमुखहरुलाई एकै ठाँउमा जम्मा गरेर अनुभव आदान प्रदानसँगै वातावरण मैत्री विकासलाई प्राथमिकता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताए । उनले आगामी दिनहरुमा समेत यस्ता खालका कार्यक्रमको आयोजना गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त