पोखरामा लागुऔषधसहित दुई युवक पक्राउ
बिहीबार, ०९ वैशाख २०७८, १० : ४०
पोखरा । पोखरामा लागुऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट पोखरातर्फ आउँदै गरेको बस पृथ्वीराजमार्गको मझुवामा प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले लागुऔषधसहित पोखरा पृथ्वीचोक बस्ने २० वर्षीय रमेश गुरुङ र २६ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट डाइजेपाम ५८ एम्पुल, फेनारगन ५८ एम्पुल, नुर्फिन ५८ एम्पुल गरी १७४ एम्पुल अवैध लागुऔषध बरामद गरेको छ ।
उनीहरुलाई लागुऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा