बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोमा परी चीनमा १४१ जना बेपत्ता

शनिबार, १० असार २०७४, १७ : ५७
शनिबार, १० असार २०७४

चेङडु (चीन) – चीनको दक्षिणपश्चिमी सिचुआन प्रदेशमा शनिबार विहान आएको बाढीपहिरोमा परी १४१ जना बेपत्ता भएका छन् । 
पहिरोले ४६ ओटा घरहरु पनि बगाएको प्रदेश सरकारका अधिकारीहरुले जानकारी दिएका छन् । 


उच्च हिमाल क्षेत्रबाट झरेको पहिरोले तिब्बतीयन र क्विङ स्वशासित क्षेत्र हुदै छिन्मो गाँउमा विहान ६ बजेतिर नदि अवरुद्ध भएको थियो । पहिरोले १६ सय मिटर सडक पनि बगाएको छ । 


प्रदेश सरकारले घटनास्थलमा उद्धार तथा राहतका लागि उच्चप्राथमिकताका साथ उद्धारकर्ताहरु परिचालन गरेको छ । 
घटनास्थलमा तीन सयभन्दा बढी एक्जाभेटर र उद्धारका विभिन्न साधनहरु पनि पठाइएको सिचुआन प्रदेश सरकारी प्रवक्ता टाङ लिमिनले जानकारी दिनुभयो । रासस\सिन्ह्वा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप