शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डेनमार्कको निर्वाचनमा नेपाली उम्मेदवार

आइतबार, ०३ मङ्सिर २०७४, १५ : ३६
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं–डेनमार्कमा मंगलवार हुने निर्वाचनका लागि एक नेपालीले उम्मेदवारी दिएका छन् । डेनमार्कको प्रमुख दल सोसल डेमोक््रयाटबाट हरि न्यौपानेले उम्मेदवारी दिएका हुन् ।
कोपेनहेगन नगरमा बस्ने नेपालीहरुले न्यौपानेको पक्षमा मतदान गर्न सक्नेछन् । न्यौपानेलाई अन्य देशका आप्रवासीहरुको पनि मत प्राप्त हुने आंकलन गरिएको छ । राजधानी कोपेनहेगनमा रहेका सोमालिया,बंगलादेश र इथियोपियाका नागरिकहरु न्यौपानेको पक्षमा रहेको वताइएको छ । 
डेनमार्कमा प्रि इलेक्सनको पनि व्यवस्था भएकोले गत शुक्रबार प्रि इलेक्सन सकिएको छ । नगरपालिका कार्यालय र पुस्तकालयहरुमा प्रि इलेक्सन सकिएको छ । 
 चितवनमा जन्मिएका न्यौपानेले कोपेनहेगनको बिस्पबिया क्षेत्रबाट उम्मेदवार  दिएका हुन् । न्यौपानेले जित निकाल्न दुई हजार मत आवश्यक हुने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप