आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वडा अध्यक्षकी श्रीमती कुटपिट गर्ने कांग्रेस कार्यकर्ता पक्राउ

शुक्रबार, ०८ मङ्सिर २०७४, १२ : ४७
शुक्रबार, ०८ मङ्सिर २०७४

रुकुम– नेपाली कांग्रेस सम्बद्ध तरुणदलका कार्यकर्ताहरुले रुकुमको सानीभेरी गाँउपालिका वडा नं. ७ का अध्यक्ष कुलवहादुर बुढाकी श्रीमती कल्पना वुढालाई कुटपीट गरेका छन् । सदरमुकाम खलंगामा आयोजीत चुनावी सभावाट घर फर्कदै गरेका तरुण दलका कार्यकर्ताहरुले घरमै वसेकी कल्पनालाई कुटपीट गरेको सानीभेरी गाँउपालिका अध्यक्ष नरवहादुर पुनले बताए । 

डाअध्यक्ष कुलवहादुर वुढालाई कुटपीट गर्ने उद्धेश्यले त्यहाँ पुगेका कांग्रेस कार्यकर्ताहरुले वुढालाई नभेटेपछि श्रीमती कल्पनालाई कुटपीट गरेको वताईएको छ । कुटपीटवाट गम्भीर घाईते कल्पनाको चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । कल्पनाको शुक्रबार बिहानसम्म पनि होस नखुलेको श्रीमान कुलवहादुर वुढाले बताए ।

कुटपीट गर्नेहरुलाई हिजो राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा चौरजहारी नगरपालिका वडा नं. ९ का नरेन्द्र मल्ल, चौरजहारी नगरपालिका वडा नं. १ का शंकर विक र तेजवहादुर विक र चौरजहारी नगरपालिका ३ का प्रेमवहादुर मल्ल रहेका छन् । पक्राउ परेकाहरुमाथि घटनाको वारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

यसैबीच निर्वाचनको वेला राजनैतिक प्रतिशोध लिएर गरिएको कुटपीटको घटनाप्रति नेकपा (माओवादी) केन्द्रले कडा विरोध जनाएको छ । जिल्ला ईन्चार्ज राजकुमार शर्माले राजनैतिक प्रतिस्पर्धावाट डराएर काँग्रेसीहरु अपराधिक क्रियाकलापमा उत्रिएको वताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप