पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा शनिबार कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तको खुशाब जिल्लामा १७ जना यात्रु बोकी सडकमा गुडिरहेको एउटा ट्रक दुर्घटनामा कम्तीमा पाँचबालबालिकासहित १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा चार जना घाइते भएका छन् ।
मृतकमध्ये अधिकांश एकैघरका सदस्य रहेको बताइएको छ । उद्धार अधिकारीका अनुसार बन्नुबाट खुशाबको सून उपत्यका जाँदै गरेको र तीव्र गतिमा रहेको ट्रक चालकको लापर्बाहीका कारण सडकबाट चिप्लिएर केही तल खाल्डोमा खसेको थियो ।
दुर्घटनापछि घटनास्थलमा उद्धार टोलीले मृतक र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए ।
यसैगरी कराँचीबाट बलुचिस्तानको शाह नुरानी मस्जिदमा तीर्थयात्रीहरू लिएर जाँदै गरेको अर्को एक ट्रक दुर्घटनाग्रस्त हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएका छन् ।
उक्त घटनापछि मृतक र घाइतेहरूलाई तुरुन्तै कराँची ट्रमा सेन्टरमा पठाइएको थियो । घाइतेजनको अहिले उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण