पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा शनिबार कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तको खुशाब जिल्लामा १७ जना यात्रु बोकी सडकमा गुडिरहेको एउटा ट्रक दुर्घटनामा कम्तीमा पाँचबालबालिकासहित १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा चार जना घाइते भएका छन् ।
मृतकमध्ये अधिकांश एकैघरका सदस्य रहेको बताइएको छ । उद्धार अधिकारीका अनुसार बन्नुबाट खुशाबको सून उपत्यका जाँदै गरेको र तीव्र गतिमा रहेको ट्रक चालकको लापर्बाहीका कारण सडकबाट चिप्लिएर केही तल खाल्डोमा खसेको थियो ।
दुर्घटनापछि घटनास्थलमा उद्धार टोलीले मृतक र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए ।
यसैगरी कराँचीबाट बलुचिस्तानको शाह नुरानी मस्जिदमा तीर्थयात्रीहरू लिएर जाँदै गरेको अर्को एक ट्रक दुर्घटनाग्रस्त हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएका छन् ।
उक्त घटनापछि मृतक र घाइतेहरूलाई तुरुन्तै कराँची ट्रमा सेन्टरमा पठाइएको थियो । घाइतेजनको अहिले उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू
-
योजना आयोगका उपाध्यक्ष अधिकारी र अर्मिडा सेल्सियाबिच भेटवार्ता
-
राजश्व सङ्कलन गर्ने विधेयक लुम्बिनी प्रदेश सभामा पेस
-
नीतिले किन आफूलाई महसुस गरिन् अपराधी ?
-
प्रतिपक्षको जवाफ कामले दिनुपर्नेमा सत्तापक्षले मुख धेरै चलायो : वर्षमान पुन
-
लोकसेवा र मुख्यसचिवको फरक–फरक धारणाले गिजोलियो कर्मचारी विधेयक