शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस कार्यकर्ताद्वारा खुकुरी र रड प्रहार गर्दा उपाध्यक्षका छोरा घाइते

आइतबार, १० मङ्सिर २०७४, १३ : २०
आइतबार, १० मङ्सिर २०७४

तनहुँ–तनहुँको घिरिङ गाउँपालिका वडा नं १ अत्रौलीमा गएराती एमाले कार्यकर्ता माथि कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् । 
सो घटनामा एमालेका दुई जना घाइते भएका छन् । गजरकोटबाट असई विष्णु खड्काले दिएको जानकारी अनुसार झडपमा सोही ठाउँ निवासी २१ बर्षिय विदुर सिग्देल र १७ बर्षिय सफल सिग्देल घाइते रहेका छन् । घाइते विदुर एमालेको तर्फबाट घिरिङ गाउँपालिकाको निर्वाचित उपाध्यक्ष सरस्वती सिग्देलका छोरा हुन् । 
घाइतेद्धयलाई उपचारका लागि पोखरा लगिएको छ । सो घटनाको एमाले तनहुँका उपसचिव विष्णुभक्त सिग्देलले सो घटनाको भत्र्सना गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप