चुँडिएको कोपिला
ममताको आँचल भित्र
लुकेर भर्खर संसार चियाउने,
कोसिस गर्न आटेकी एउटा कोपिला,
निहत्था चुँडिन विवश बनाउनेहरू,
धेरै समयको अन्तराल पछि,
वरिपरि फुल
खोजी रहेको पाइयो,
आफ्नै चितामा अर्पण गर्न ।।
फुललाई गोडमेल र स्याहार गर्नु
बेकार सम्झिएर,
आफ्नै बगैँचाबाट टपक्क टिपेर माग्न आउने
बटुवालाई बाँडी दिनेहरू,
धेरै समयको अन्तराल पछि,
खोजी हिँडेको पाइयो,
चाडबाड, पूजा र पितृकार्यमा चढाउन ।।
मातृको स्वर्णिम काख र प्रकृतिको
माधुर्यमाझ आफैँ लाई भुलेर
निदाइ रहेकी स्वर्णिम सुन्दरीलाई,
विवश बनाइ संस्कारको नाममा
टपक्क चुँडेर लग्नेहरू नै
वर्षौँपछि,
आफ्नो वृद्ध अवशेषमा पूजा र रक्षा गर्न,
त्यही फुल खोजी हिँडेको
पाइयो ।।
न बीजारोपण भएको परिवेशले सुन्यो,
न बीजारोपण गर्ने प्राणीले सुन्यो,
न सुने नउखेलिदिन गरेका बिन्तीहरू,
फुलेर मात्र चुँडिन्छु बरु भनेका
क्रन्दनहरू छोप्न निकै ठुलो
ढोलकहरू ठटाइए र सिङ्गो बगैँचाको
समाजले मनाइ रह्यो उत्सव,
केबल मातृको मुटु चिरा परेको पाइयो ।।
सपना देख्न पाइन्छ नि,
पाइन्न र ??
एउटा कोपिला भई
धर्तीमा आइ सकेपछि,
सुन्दर सु -सज्जित फुल बनेर,
आफूले आफ्नो मानेको धर्ती र जननी सजाउने,
तर, एक निमेषमा निसंकोच निमोठी
पराइ बगैँचामा पठाउने साहस केबल
निर्ममताको जहर पिउनेहरू सँग मात्र हुन्छ ।।
पराइ धर्तीमा त प्रत्येक पत्र पत्रले
परीक्षा दिनु परेको हुन्छ,
कोपिलाको ज्ञान बुद्धि र विवेक
थाहा पाउन धेरैले सुन्दरताको
आवरण वरिपरि घुमेर,
आ- आफ्नो इच्छापत्र अनुसार
प्रयोग गरि रहेको हुन्छन् ।।
कोही आउँछन् अस्तित्व सारिएको कोपिला
को आवरण हेर्न चराचुरुङ्गी बनेर,
कोही आउनेछन्,
भँवरा बनेर,
कोही आउनेछन्,
जुनकिरी बनेर तर
मालीको मखुन्डो लाएर आएको घर भित्रको
कुपात्रलाई कसरी सहन गर्ने कोपिलाले!!
मायाले जल मल र दृष्टि दिनु पर्नेकै हात
र कु दृष्टि बाट कतिन्जेल छेक्छे,
उस्का जरा काण्ड र पातहरू अब
प्रकृतिमा स्वतन्त्र हुर्कन पाउँदैनन्,
तसर्थ,
जुन सुकै बेला निमोठिन सक्छे,
जुन सुकै बेला सुकाइन सक्छे,
जुनसुकै बेला लुछिन सक्छे ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण