फलफूल आयात : ९ महिनामा बाहिरियो ११ अर्ब
काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा विदेशबाट ११ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको फलफूल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा फलफूल आयातमा अर्बौँ रुपैयाँ बाहिरिएको हो ।
यस अवधिमा सबैभन्दा धेरै स्याउ आयातमा रकम बाहिरिएको तथ्याङ्क विभागले दिएको छ । विभागका अनुसार स्याउ आयातमा ६ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, अङ्गुर आयातमा १ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बाहिरिएको छ ।
अङ्गुरको आयात स्याउपछि सबैभन्दा धेरै हुने गरेको छ । यसपछि सुन्तलाको आयातमा १ अर्ब ३५ करोड १२ लाख रुपैयाँ बाहिरिएको देखिएको छ । सुन्तलाको आयात तेस्रो नम्बरमा छ । यसबाहेक विदेशबाट ९ करोडको भुइँकटर, चार करोडको एभोकाडो आयात भएको छ ।
यस्तै अम्बाको आयातमा ४० करोड बाहिरिँदा ४९ करोडको कागती आयात भएको छ । कागतीजस्तै अमिलो प्रकारका फलफूलको आयातमा ९ करोड बाहिरिँदा ड्राइ अङ्गुर आयातमा १७ करोड बाहिरिएको छ ।
यसबाहेक वाटर मेलोनको आयातमा ३६ करोड, मेवामा आयत १८ करोड तथा नासपतिको आयातमा २३ करोड ८५ लाख रुपैयाँ बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण