शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चितवनमा अज्ञात समूहले पड्काए बम

सोमबार, ११ मङ्सिर २०७४, ०९ : ०६
सोमबार, ११ मङ्सिर २०७४

चितवन-  पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले सिलिण्डर बम पड्काएको छ । 

गएराति ८ः १५ बजेको समयमा सूर्यपुरस्थित खेतको कल्भर्टमा अज्ञात समूहले ग्यास सिलिण्डर पड्काएको चितवनका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए । 

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप