शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा काठ ब्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या

शुक्रबार, २१ पुस २०७४, १२ : ०६
शुक्रबार, २१ पुस २०७४


काठमाडौँ । रुपेन्देहीको देवदह नगरपालिकामा काठ व्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या गरिएको छ । शुक्रबार मध्यान्ह अपरिचित समूहले गोली हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ । 
देवदह नगरपालिकाको खैरेनीस्थित ढेकार भन्ने ठाउँमा आफ्नो काठ मिलमा बसिरहेको बेला पौडेलमाथि अज्ञात समुहले गोली प्रहार गरेका थिए । गोली लागेर गम्भिर घाईते भएका पौडेललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकृतले जानकारी दिएका छन् । मृतक नेकपा एमालेको क्षेत्रिय सदस्यको नीलकण्ठ पौडेलको छोरा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप