शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

६ जना मृत फेला

शनिबार, २२ वैशाख २०८१, १८ : ०६
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।

  • कञ्चनपुर, बेदकोट नगरपालिका-१० चतहरी बस्ने २३ वर्षीय विशाल कामी आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 
  • ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका-८ याम्फुदिन बस्ने ४१ वर्षीय पदम कुमार राई सोही ठाउँस्थित लामी डाँडा भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 
  • बर्दिया, राजापुर नगरपालिका-१० झप्टी बस्ने ४२ वर्षीया ठुलिमाया तामाङ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । 
  • रोल्पा, रोल्पा नगरपालिका-२ र ६ को सिमाना पर्ने माडी खोलामा सोही नगरपालिका-४ लिवाङ बस्ने १८ वर्षीय भुवन कवर शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका-२ लामवाडास्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । 
  • रसुवा, गोसाईंकुण्ड गाउँपालिका-१ पेलदानखर्कस्थित भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप