६ जना मृत फेला
शनिबार, २२ वैशाख २०८१, १८ : ०६
काठमाडौँ । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।
- कञ्चनपुर, बेदकोट नगरपालिका-१० चतहरी बस्ने २३ वर्षीय विशाल कामी आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका-८ याम्फुदिन बस्ने ४१ वर्षीय पदम कुमार राई सोही ठाउँस्थित लामी डाँडा भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- बर्दिया, राजापुर नगरपालिका-१० झप्टी बस्ने ४२ वर्षीया ठुलिमाया तामाङ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- रोल्पा, रोल्पा नगरपालिका-२ र ६ को सिमाना पर्ने माडी खोलामा सोही नगरपालिका-४ लिवाङ बस्ने १८ वर्षीय भुवन कवर शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका-२ लामवाडास्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- रसुवा, गोसाईंकुण्ड गाउँपालिका-१ पेलदानखर्कस्थित भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण