भारत हुँदै साउदी अरब जान लागेका महिलाको उद्धार
मलेखु– साउदी अरब लानका लागि भारततर्फ जाँदै गरिएका छ जना महिलालाई प्रहरीले उद्धार गरिएको छ । प्रक्रिया नै नपुर्याई भारत हुँदै साउदी अरब जान लागेकी ती महिलालाई प्रहरीले धादिङको धार्केबाट बुधबार राति उद्धार गरिएको हो ।
उद्धार गरिएका महिलालाई आवश्यक परामर्शका लागि माइती नेपालको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताए ।
साउदी अरबमा काम लगाइदिने भनेर एकआपसमा चिनजान नै नभएका महिलालाई धार्केसम्म बोलाएर बुटवलका लागि गाडी चढ्न लागेका बेलामा शंका लागेर सोधपुछ गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
उद्धार गरिएका महिलासंगै रहेका दाङ घोराहीका ३५ वर्षीय प्रसाद विश्वकर्मा, इलामका ३० वर्षीया सुमन पाँचकोटे र तेह्रथुमका ३७ वर्षीया शर्मिला कुमारी संकटालाई समेत प्रहरीले पक्राउ गरेका छन् । उनीहरु साउदी अरबबाट बिदामा आएको बताएका छन् । उनीहरुबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक निरौलाले जानकारी दिए ।
उद्धार गरिएका छ जना महिलासमेत सबै माइती नेपालको जिम्मामा रहेको माइती नेपालका पदम बस्नेतले टेलिफोनबाट जानकारी दिए ।
पुरुषलाई महिलाले नचिनेको र छुट्टाछुट्टै गाडीमा धार्के आएर भेट भएपछि बुटवल हुँदै भारत जाने तयारी गरिरहेको अवस्थामा शंका लागेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको र थप अनुसन्धानका लागि माइती नेपालले गौशालास्थित केन्द्रीय कार्यालयमा पठाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन