शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

सोमबार, ०८ माघ २०७४, १९ : ०६
सोमबार, ०८ माघ २०७४

इटहरी– नेपाल आर्मी क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  आज भएको खेलमा डुक युनाइटेड क्लब भुटानलाई ५–० ले पराजित गरी आर्मी सेमीफाइनलमा प्रवेश गरेको हो । आर्मीका जीतमा पदम तामाङले २० औँ र ४१ औं मिनेटमा गोल गरे । दुई–० गोलको अन्तरमा समाप्त भएको पहिलो हाफको खेलमा निकै उत्साहित भएको नेपाली सेनाको टोलीले आमन्त्रित भुटानी टोलीमाथि आक्रामक खेलको रणनीति बनाउँदै दोस्रो हाफमा थप ३ गोल गरेको थियो । 

त्यस्तै, ६५ र ८५ औँ मिनेटमा आर्मीका दिनेश हेमजोङले दुई तथा ७० औँ मिनटेमा टंक बस्नेत एक गोल गरेका थिए । प्रतियोगिताअन्तर्गत मंगलबार आयोजक राष्ट्रिय जागृति क्लब इटहरी र गरिफा स्पोर्टस क्लब कोलकाताबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप