बाँसको घरमा खुल्यो कुञ्ज नाटकघर
काठमाडौं– राजधानीको सिडिओटोलस्थित लेखनकुञ्जमा ‘कुन्ज नाटक घर’ स्थापना भएको छ । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार एवम् राजनीतिज्ञ प्रदिप ज्ञवाली र लेखन कुन्जका अध्यक्ष कमल ढकालले नाटकघरको संयुक्त रुपमा उदघानटन गरे ।
नाटकघर उद्घाटनका प्रमुख अतिथि सत्य मोहन जोशीले बाँसको घरमा नाटक आपैmमा आकर्षक लागेको बताए ।
‘नाटक आफैमा अन्तराष्ट्रिय भाषा हो । अन्र्तराष्ट्रिय भाषालाई प्राकृतिक ढंगले अंगालेकोमा खुशी लाग्यो’ उनले भने ।
एमाले नेता प्रदिप ज्ञवालीले कुन्ज नाम आफैमा युनिक भएको र प्राकृतिक माहौलका कारण यसले भविष्यमा नाटकमा आफ्नै प्रकारको छाप छाड्ने बताए ।
घोष्ट राईटिङ नेपाल एवम लेखन कुन्जका संस्थापक अध्यक्ष कमल ढकालले नाटक, खाजा र साहित्यको फरक स्वाद दिन आफुले नयाँ बानेश्वर थापागाउँमा लिटरेचर हब खडा गरेको जानकारी दिए ।
नाटकघरमा अहिले चिनीया साहित्यकार लु शुनको नाटक ‘म्याड म्यान्स डायरी’ प्रदर्शनमा आएको छ । चे शंकर निर्देशित नाटकमा सुदाम सिकेले अभिनय गरेका छन् । ‘म्याड म्यान्स डायरी’ नौ दिनसम्म चल्नेछ । शनिवार दुई सो हुने आयोजकका तर्फबाट सुरन्जन कोईरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री