आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बाँसको भाटाले हानेर श्रीमतीको हत्या

मङ्गलबार, १३ चैत २०७४, १० : ४२
मङ्गलबार, १३ चैत २०७४

खोटाङ - बाँसको भाटाले हानेर खोटाङमा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका हुन् । 

घरायसी विवादमा सोमबार साँझ श्रीमान्÷श्रीमतीबीच झगडा हुँदा श्रीमान्ले हानेको बाँसको भाटाले लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । 

“श्रीमतीले मादकपदार्थ सेवन गरेकी रहेछन् ।” उनले भने, “मातेको झोँकमा श्रीमान्माथि जाइलाग्दा श्रीमान्ले बाँसको भाटाले हान्दा उनको मृत्यु भएको खुल्न आएको छ ।” 

घटनालगत्तै श्रीमान् मकरध्वजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृत आइसरीको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल दिक्तेल पु¥याइएको आफन्तले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप