शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संघीयताको जगमा उभिएर विकास र समृद्धिको यात्रामा छौंः मुख्यमन्त्री राई

मङ्गलबार, २७ चैत २०७४, १५ : २२
मङ्गलबार, २७ चैत २०७४

चमयिता– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफूहरु संघीयताको जगमा उभिएर विकास र समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।  शहीद रत्नकुमार वान्तवाको ३९ औं स्मृति दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले सबै सम्भावनालाई परिचालन गरी शहीद र जनताको आकाङ्क्षाबमोजिम समृद्धिको यात्रा अगाडि बढ्ने बताए । कार्यक्रममा एमाले नेता प्रदीप नेपालले वान्तवाले पुर्याउनुभएको योगदानअनुसार उन्को सच्चा सम्मान हुनुपर्ने बताए । 

सोही स्थानमा नवनिर्मित वान्तवा संग्रहालय र पुस्तकालयको उद्घाटनका साथै प्रगतिशील लेखक संघको तेस्रो राष्ट्रिय परिषद्को बैठक शुभारम्भ गरिएको छ । विसं २०३५ चैत २७ गते तत्कालीन पञ्चायत सरकारले वान्तवालाई गोली हानी हत्या गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप