शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समानतामा आधारित कुटनीतिक सम्बन्ध नेपालको प्राथमिकताः परराष्ट्रमन्त्री ज्ञवाली

बुधबार, १२ वैशाख २०७५, १६ : ५७
बुधबार, १२ वैशाख २०७५

काठमाडौं–परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आर्थिक कूटनीतिको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले जनताको जीवनस्तरमा सुधार ल्याउन सरकारले तीब्र रुपमा सामाजिक–आर्थिक विकास हुनेगरी कूटनीति सञ्चालन गर्ने नीति लिएको पनि स्पष्ट पारे ।  उनले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको योजना साकार बनाउन आवश्यक कूटनीति सञ्चालन गर्ने योजना पनि अघि सारे ।

मन्त्री ज्ञवालीले सरकारले मित्रतापूर्ण सम्बन्ध कायम गरेर सबैसँग समानतामा आधारित कुटनीतिक सम्बन्ध विस्तार गर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप