वीपी संग्रहालयमा नेविसंघको नाराबाजी
काठमाडौं– काँग्रेस भातृ संगठन नेविसंघ दुई समूहले एकै स्थानमा कार्यक्रम राखेपछि सुन्दरीजलस्थित वीपी संग्रहालयमा कडा सुरक्षा सर्तकता अपनाइएको छ ।
कार्यक्रममा झडप समेत हुन सक्ने भन्दै सुरक्षा सर्तकता कडा बनाएको बताइएको छ ।
वीपी संग्रहालयमा नेबिसंघ सभापति नैन सिंह महरको समुहले प्रशिक्षण कार्यक्रम राखेको छ भने महामन्त्री कुन्दन काफ्ले नेतृत्वको समुहले छलफल तथा अन्तरक्रिया कार्यक्रम राखेको छ ।
सुन्दरीजलस्थित बिपी संग्रहालयमा आयोजना गरिएका दुवै कार्यक्रम बिहान ८ बजे सुरु हुने भनिएपनि अहिलेसम्म सुरु हुन सकेका छैनन् ।
दुवै समूहले आयोजना गरेको कार्यक्रममा अतिथिका रुपमा बोलाइएका केन्द्रीय नेताहरु समेत पुगेका छैनन् ।
प्रशिक्षण कार्यक्रममा लागि आएका विद्यार्थीहरु भित्री हलमा प्रवेश गरेका छन् भने संग्रहालय परिसरमा बनाइएको मञ्च वरपर काफ्ले समुहका विद्यार्थीहरुले नारावाजी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्