शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमै पर्यटक घटे, पर्यटन ब्यवसाय चौपट, लुम्बिनीको जलयात्रासमेत बन्द

मङ्गलबार, २७ असार २०७४, २० : ०३
मङ्गलबार, २७ असार २०७४

लुम्बिनी – लुम्बिनीमा पर्यटक आगमनमा कमी आएको छ । लुम्बिनी बिकास कोषस्थित सुचना शाखाले दिएको जानकारी अनुसार सन २०१६ जून महिनाको तुलनामा यस वर्षको जून महिनामा बुद्धजन्म स्थल लुम्बिनीमा पर्यटक आगमनमा कमी आएको हो । 

सन २०१७ को जूनमा एक हजार तीन सय ९२ जना बिदेशी पर्यटक मात्र लुम्बिनी भित्रिएका छन । गतबर्षको जून महिनामा एक हजार पाँच सय ८५ जना पर्यटक पाहुनाहरुको लुम्बिनी आगमन भएको कोषको सूचना शाखाको तथ्याँकमा उल्लेख छ । 

यसैगरी आन्तरिक पर्यटक मध्ये भारतीय नागरिकहरुको लुम्बिनी आउने संख्या घटेको छ । सन २०१७ को जूनमा दश हजार ६  सय ९३ जना मात्र भारतीय पर्यटकहरु लुम्बिनी अवलोकन गरेका  छन् । जब कि सन् २०१६ को जूनमा १२ हजार तीन सय ८० जना भारतीय नागरिकहरु लुम्बिनी दर्शन गरेका थिए । 
यसैगरी आन्तरिक पर्यटककै सूचीमा पर्ने नेपाली पर्यटकहरुको आगमन उत्तिकै घटेको छ । 

तथ्याँक अनुसार सन २०१७ को जूनमा ४० हजार २१ जना मात्र नेपाली पर्यटक लुम्बिनी भित्रिएकोमा सन २०१६ को जूनमा ५० हजार एकसय ६३ जना नेपाली नागरिक लुम्बिनी दर्शन गरेका थिए । 

लुम्बिनीमा आन्तरिक तथा बाहय पर्यटकको आगमनमा कमी हुदा कोषले लिईदै आएको लुम्बिनी संरक्षण शुल्क, क्यामरा शुल्क, म्युजियम शुल्क वापत राजस्व संकलन समेतमा कमी आएको कोषस्थित राजस्वशाखाले जनाएको छ । 

यसरी लुम्बिनीमा स्वदेशी तथा बिदेशी पर्यटकको कमी आएपछि लुम्बिनी वरिपरिका यातायात, होटेल, रष्टुरेन्ट ब्यवसायीहरुको पर्यटन ब्यवसाय खस्किन थालेको लुम्बिनी पर्यटन ब्यवसायी संघका सचिव पिन्टूलाल बनियाँले जानकारी दिए । उनले पर्यटन ब्यवसाय नहुदा लुम्बिनी होक्के होटलले कर्मचारी बिदा दिनुका साथै लुम्बिनी जलयात्रासमेत बन्द भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप