दिमागी काम गर्नेलाई पालगपनको सम्भावना कम
शनिबार, १९ जेठ २०७५, १६ : २०
सिकागो– पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो ।
प्रारम्भिक अध्ययन सन् २००५ मा सम्पन्न गरिएको थियो भने २००६ देखि २०१२ सम्म निरन्तर अध्ययन गरिएको थियो ।
वौद्धिक कामसम्वन्धी गतिविधिजस्तै किताव वा पत्रपत्रिका पढ्ने, तास खेल्ने, आदी काम गर्नेलाई अध्ययन केन्द्रित थियो ।
त्यो अध्ययनबाट यो निश्कर्ष निकालिएको थियो की, “बौद्धिक काममा सहभागी नहुनेभन्दा सहभागी हुनेलाई पागलपनको समस्या हुने संभावना न्युन हुने देखिएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार