बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फ्रिजमा यी खानेकुरा त राख्नुहुन्न ? हुनुहोस् सावधान

आइतबार, ०३ असार २०७५, ११ : ३१
आइतबार, ०३ असार २०७५

फलफूल र सागसब्जीलाई लामो समयसम्म फ्रेश राख्नका लागि हामी फ्रिजमा राख्छौं । हामीमध्ये कतिलाई थाहा नहोला कि फ्रिजमा सबै खानेकुरा राख्नु उपयुक्त हुँदैन । खानेकुरालाई धेरै दिनसम्म बचाएर राख्छु भन्दा यसले स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको धेरैलाई थाहा नहोला । आउनुहोस्, यसबारे जानकारी लिऔंः

१. पाउरोटीः

पाउरोटीलाई कहिले पनि फ्रिजमा राख्नुहुँदैन किनभने फ्रिजमा यसलाई राख्दा यसको स्वाद त बिग्रन्छ नै यसले स्वास्थ्यमा पनि प्रतिकूल असर निम्त्याउँछ ।

२. कफीः

कफीलाई पनि कहिल्यै फ्रिजमा राख्नुहुँदैन । फ्रिजको कफीले त्यहाँ राखिएका अन्य खानेकुराको समेत गन्ध सोस्ने गर्दछ त्यसकारण यो चाँडै नै बिग्रिन्छ ।

३. गोलभेडाः

गोलभेडालाई पनि फ्रिजमा राख्नुहुँदैन किनभने यसो गर्दा गोलभेडाको झिल्ली फुट्ने गर्दछ जसका कारण यो चाँडै कुहिन्छ । यतिमात्र होइन, फ्रिजमा राखिएको गोलभेडा खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्दछ ।

४. केरा:

केरालाई फ्रिजमा राख्दा यो चाँडै नै कालो हुन्छ । यसबाट इथाइलिन नामको ग्याँस निस्कने गर्दछ जसका कारण यसले आफ्नो वरिपरि राखिएको फलफूललाई पनि खराब गर्दछ ।

५. महः

महलाई कहिले पनि फ्रिजमा नराख्नुहोस् । यो यत्तिकै पनि सुरक्षित हुन्छ । यसलाई तपाईंले साधारण अवस्थामा भाँडोमा बन्द गरेर राख्नु भयो भने पनि यो वर्षौंसम्म खान लायक हुन्छ । फ्रिजमा राख्दा यो जम्ने गर्दछ र यसलाई भाँडोबाट निकाल्न गाह्रो हुन्छ ।

६. आलूः

आलूलाई फ्रिजमा राख्दा यसको स्टार्च सुगरमा परिवर्तन हुन थाल्छ जसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने गर्छ । यसले आलूको स्वादलाई पनि बिगार्छ ।

७. खरबुजाः

खरबुजालाई कहिले पनि फ्रिजमा राख्नुहुँदैन । फ्रिजमा खरबुजा राख्दा यसमा पाइने पौष्टिक तत्व नष्ट हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप