देवकोटाको निधनप्रति पूर्व राजा शाहबाट दुःख व्यक्त
मङ्गलबार, ०५ असार २०७५, १३ : ४१
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालका प्रख्यात न्यूरोलोजि विज्ञ डा. उपेन्द्र देवकोटाको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् ।
शाहले डा. देवकोटाको निधनले देशले अपुरािण्य क्षती ब्यहोरेको भन्दै मृत आत्माको शान्तिको कामना पनि गरेका छन् । त्यस्तै पूर्व राजा शाहले शोकसन्तव्द परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् ।
शाहका सहयोगी तथा पुर्व मुख्य प्रमुख सचिव पशुपतिभक्त महर्जनले मंगलबार बिहान न्यूरो अस्पताल पुगेर देवकोटाको पार्थिब शरिरमा श्रद्धान्जली अर्पण गरेका थिए ।
त्यस्तै, सो क्रममा महर्जनले देवकोटाका परिवारलाई समेत भेटेर सान्त्वना दिएको पूर्व राजा शाहका स्वकिय सचिव फणि पाठकले बताएका छन् । डा देवकोटाको असार ४ गते साँँझ ५ः३५ बजे काठमाडौको न्युरो अस्पतालमा निधन भएको थियो ।
आजै उनको अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा