शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको मृत्यु

आइतबार, ०६ साउन २०७५, ०९ : ३२
आइतबार, ०६ साउन २०७५

काठमाडौं -विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको आज विहान निधन भएको छ ।

सिंहको ललितपुरस्थित बयोधा अस्पतालमा उपचार भैरहेको थियो । 

अस्पतालले सिंहको आइतबार बिहान सवा तीन बजे बजे निधन भएको पुष्टि गरेको छ ।

सिंह ८२ बर्षका थिए । 

उनलाई अस्पताल लैजाँदा पिसाव सम्बन्धी समस्या थियो ।

हृदयाघातका कारण निधन भएको अस्पताल स्रोतले बताएको छ । 

 उनका श्रीमति, तीन छोरा र एक छोरी छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहनिकट सिंह नेपाली सेनाका पूर्वउपरथी हुन् ।

सिंहको पार्थिव शरीरलाई दिउँसो साढे १२ बजे अन्तिम श्रञ्द्धाञ्जलीका लागि नकालीमा राखिने भएको छ ।

आजै नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । 

तत्कालीन राजा ज्ञानेनद्र शाहको शासनकालमा उनले राजनीतिक दलको आलोचना गरेका थिए ।

नेपाललाई हिन्दु राष्ट्र बनाउने उनको अभियान थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप