आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटमा राजपा–प्रहरी झडप, तस्बिरमा हेर्नुहोस्

बुधबार, ३१ जेठ २०७४, १२ : १३
बुधबार, ३१ जेठ २०७४

रौतहट – रौतहटमा राजपाका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । गौर चन्द्रनिगाहपुर सडक खण्डको भगवानपुर चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो  ।


झडपमा परि तीनजना प्रहरी घाइते भएका छन । उता प्रहरीले रामेश्वर यादव सहित तीनजना राजपाका कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ  । प्रदर्शनकारीले प्रहरी चढेको भ्यानमा तोडफोड गरेका छन । यसअघि राजपाका कार्यकर्ताले बुधबार बिहान गौरमा ना ३ ख ५६२३ नम्बरको खाली बस तोडफोड गरेका छन  ।


राजपाका कार्यकर्ताहरु गौरका बिपि चौक,कबिर चौक,भन्सार चौक,अदालत चौक,गरुड,कटहरिया लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन्  ।

बन्दको दोस्रो दिन गौर,गरुडा,कटहरिया लगायत जिल्लाका सबै बजार बन्द छन् । जिल्लाबाट चल्ने लामो तथा छोटो दुरिका स्वारी साधनहरु चलेका छैनन् ।
जिल्ला प्रहरी प्रमुख एसपी यज्ञ बिनोद पोखरेलका अनुसार भगवानपुरमा भएको झडपमा तीनजना प्रहरी र केही प्रदर्शनकारीलाई समान्य चोट लागेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप