अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित
काठमाडौँ। विनवार्ड्स भोलक्यानोजविरुद्धको तेस्रो अभ्यास खेलमा नेपाल पराजित भएको छ। गएराति सम्पन्न खेलमा नेपाल ६७ रनले पराजित भएको हो।
भोलक्यानोजले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो। नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ५३ रन बनाए। आशिफ शेख २४, सन्दीप जोरा २१ र करण केसी १३ रनमा जोडे । खन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
भोलक्यानोजका ड्यारेन नेड र काभेम होडगेले ३र३ विकेट लिए। निकलस रेडहेड र डेअन ब्रोनेले २र२ विकेट लिए।
त्यसअघि पार्क हिल मैदानम टस जितेर पहिला ब्याटिङ गरेको भोलक्यानोजले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै २०४ रन बनाएको थियो।
भोलक्यानोजका डिलन डोउग्लासले सर्वाधिक ५६ रन बनाए। शाडरक डेस्कार्टे ५६, स्टेपहन पास्कल २०, काभेम होडगे १८ र आशिफ होप्पेरले १७ रन बनाए। अन्यको प्रदर्शन भने राम्रो हुन सकेन।
नेपालका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले ३ विकेट लिँदा कुशल भुर्तेल, सागर ढकाल र करण केसीले १र१ विकेट लिए।
तीन अभ्यास खेलमा नेपालले दुई जित हासिल गर्यो। पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा ४९ रनले जित हासिल गरेको नेपालले तेस्रो खेल गुमाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण