शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा बम बिष्फोट

मङ्गलबार, २९ साउन २०७५, ०८ : ४९
मङ्गलबार, २९ साउन २०७५

रुपन्देही - नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा बिष्फोट भएको छ ।

बिष्फोटबाट क्याम्पको शौचालयमा क्षति भएको छ । ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिल बहादुर मल्लले शौचालयमा धेरै क्षति भएपनि मानविय क्षति नभएको बताए ।

बिष्फोटको ठूलो आवाज सुनिएको स्थानीयले बताए । डिएसपी मल्लले बिष्फोट कसले गराएको भन्नेबारे अनुसन्धान भैरहेको बताए । विप्लव समुहका कार्यकर्ताले विस्फोट गराएको प्रहरीको आशंका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप